अपडेट 
२०७७ आश्विन ७, बुधबार ०६:२०

जापानको कम्पनीले कोरोना भाईरस मार्नसक्ने बत्ती निर्माण गरेको छ । लाईट्स उत्पादक कम्पनी उशिओ ईन्कले विश्वकै पहिलो कोरोना भाईरस मार्नसक्ने युभि लाईट्स निर्माण गरेको दाबी गरेको हो ।

यो लाईटमा प्रयोग भएको युभिले मानिसको स्वास्थ्यमा पनि कुनै खरावी नगरी केवल कोरोना भाईरस मार्न सक्ने कम्पनीको दाबी छ । यो लाइटको नाम द केयर २२२ युभि ल्याम्प राखिएको छ । उशिओ कम्पनीले कोलम्बिया विश्वविद्यालयसँगको सहकार्यमा यो लाइटस् निर्माण गरेको हो ।

उत्पादक कम्पनीका अनुसार यो लाईटलाई मानिसहरुको भिड अधिक रहने ठाउँहरु जस्तै सार्वजनिक समारोह, सार्वजनिक ट्रेन, बसहरुमा प्रयोग गर्न सकिने र यसले त्यहाँ रहेका घातक भाईरसहरुलाई नष्ट गरि मानिसहरुलाई संक्रमणबाट जोगाउन सकिनेछ । कम्पनीका अनुसार यो ‘ द केयर २२२ युभि ल्याम्प’ सिलिङ्मा राखेर चलाएको ६–७ मिनेटमै उक्त स्थानको ल्याम्प नजिकको २.५ मिटर क्षेत्रमा ९९ प्रतिशत भाईरसहरु नष्ट हुनेछन् । हिरोशिमा विश्वविद्यालयले गरेको परीक्षणबाट यस्तो नतिजा आएको कम्पनीले जनाएको छ ।

यो ‘द केयर २२२ युभि ल्याम्प’ तत्काललाई संस्थागतरुपमा विक्री वितरण गरिने छ । यसको मूल्य ३ लाख जापानी येन रहेको छ । पछि आवाश्यकता र प्रभावकारिता अनुसार उत्पादन बढाउँदै सर्वसाधरणहरुको पहुँचमा पनि सजिलै पुर्याउने कम्पनीको लक्ष्य रहेको बताईएको छ ।

Comment


Related News

Latest News

Trending News