
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार तोलामा ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १२ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन तोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य घटेर तोलामा एक हजार एक सय ९० मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य एक हजार दुई सय ३० रुपैयाँ रहेको थियो ।