अपडेट 
२०७७ आश्विन ७, बुधबार १२:४०

कोरोना भाइरसको संक्रमणबाट भारतकी एक अभिनेत्रीको निधन भएको छ । मराठी र हिन्दी फिल्मकी अभिनेत्री तथा रंगकर्मी आशालता वबगावंकरको मंगलबार कोरोना संक्रमणबाट निधन भएको हो ।

सतारा जिल्लामा एक अस्पतालमा उपचारका क्रममा ८३ वर्षीय आशालताको निधन भएको भारतीय मिडियाले जनाएका छन् । संक्रमणअघि नयाँ शो आई कालुबाईको सुटिङ गरिरहेकी आशालताको टिममा काम गरिरहेका २०/२२ जना अन्य व्यक्तिमा कोरोना पोजेटिभ देखिएको बताइएको छ । मिडियाका अनुसार संक्रमणपछि होम क्वारेन्टाइनमा रहेकी आशालताको स्वास्थ्यमा खराबी आउन थालेपछि अस्पताल भर्ना भएकी थिइन् ।

Comment


Related News

Latest News

Trending News