अपडेट 
२०७७ आश्विन ७, बुधबार १४:३०

कोरोना रोग जितेका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन् । निको भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै कोरोना जितेकाहरुले असोज ७ गतेदेखि प्लाज्मा दान अभियान शुरु गरेका हुन् ।


कोरोना जितेकाहरुले प्लाज्मा दान अभियानको शुरुवात काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर गरेका छन् । ‘मैले जितें कोरोना म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारासहित प्लाज्मा दानको अभियान सुरु गरेको निको भएकाहरुको भनाई छ । अभियान कार्यक्रममा त्रि.वि.शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोरोनासँग लडिरहेका विरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान शुरु गरिएको बताए बताउँदै प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको बताए । ‘मिल्नेले दान गरौं नमिल्नेले उत्प्रेरित गरौं, सबै लागौं सँगसँगै लागौं’ भन्दै अभियान शुरु गरिएको कोरोना जितेकाहरुको बताए ।

हाल प्लाज्मा थेरापीबाट कोभिड १९ संक्रमितको उपचार देशका धेरै अस्पतालले गरिरहेका छन् । सरकारले पनि परीक्षणको रुपमा विरामीको स्वीकृति लिएर उपचार गर्न सक्ने व्यवस्था गरेको छ । तसर्थ कोरोना जितेका व्यक्तिहरुले प्लाज्मा दिएर संक्रमणसँग लडिरहेका बिरामीहरुको जीवन रक्षा गर्ने अभियानमा जुटेका हुन् ।


यो अभियानलाई देशैभर सञ्चालन गर्ने कार्यक्रममा उपस्थित कोरोना जितेकाहरुले बताए ।

Comment


Related News

Latest News

Trending News