२०७७ आश्विन ७, बुधबार १५:१८

हुम्लाको नाम्खा गाउँपालिका – ६ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेर नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावासअगाडि असोज ७ गते बिहान प्रदर्शन भएको छ।

१० महिनादेखि नेपाल–चीन नाका खोल्न सहजीकरण नगरेको, नेपालको भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, बौद्ध धर्मावलम्बी र मुस्लिम समुदायमाथि अत्याचार बन्द गर भन्दै काठमाडौँस्थित नेपालका लागि चिनियाँ दूतावास अगाडि ‘सचेत नेपाली’ नामको ब्यानरसहित एक समूह धर्ना दिन पुगेको हो। चीनविरुद्ध नारा लगाउँदै धर्ना दिन पुगेकाहरुलाई प्रहरीले धर्ना दिन नपाउँदै हटाएको छ। ‘गो ब्याक चाइना’ भन्दै नारावाजी गरेको उक्त समूहलाई प्रहरीले तितरबितर पारेको हो ।

डाँडामा रहेको १२ नम्बर सिमा स्तम्भभन्दा पर हाल भवन निर्माण भएको स्थान रहेको छ तर, ११ नम्बरको सिमा स्तम्भ भने हराएको कारण यो विवाद चुलिएको हो ।

Comment

Related News