अपडेट 
२०७७ आश्विन ७, बुधबार १५:२३

सिरहा जिल्लाको औरी–३ का ५० वर्षीय पुरुषको कोरोनाभाइरसको संक्रमणबाट बुधबार निधन भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको मृत्यु भएको प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । मस्तिकमा पक्ष्यघात भएर पटक–पटक मृगिको दौरा आउने, टाउको दुख्ने उल्टी आउने भएर अस्पताल भर्ना भएका उनमा असोज ६ गते प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई न्यूरो अस्पताल विराटनगरले प्रतिष्ठान रेफर गरेको थियो । उनलाई सोही दिन भर्ना गरिएकोमा गत राति १२ः४५ मा उनको निधन भएको थियो ।

डा. सापकोटाकाअनुसार उनमा यसअघि पनि अन्य दीर्घरोग रहेको थियो ।

Comment


Related News

Latest News

Trending News