अपडेट 
२०७७ आश्विन ७, बुधबार १६:३५

देउराली जनता फर्मास्यूटिकल्सले कोभिड–१९ को उपचारका लागि अत्यावश्यक रूपमा प्रयोग गर्न दिइएको फेभिर–२०० ट्याब्लेट नेपालमै उत्पादन सुरु गरेको छ । औषधि व्यवस्था विभागको अनुमतिमा देउराली जनताले यो औषधि उत्पादन थालेको हो।

कम्पनीका अनुसार कोभिडको उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनका लागि उपलब्ध गराउने उद्देश्यसहित यो औषधि उत्पादन गरिएको हो। हालसम्म जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा र भारत लगायतका मुलुकमा फेविपिरभिर औषधि इमर्जेन्सी प्रयोग गर्न अनुमति दिइएको थियो।

यो औषधि उत्पादन गर्ने नेपाल आठौं देश भएको कम्पनीको दाबी छ। कम्पनीमा कार्यरत स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक र प्राविधिकबाट यो औषधि उत्पादन गरिएको विज्ञप्तिमा उल्लेख छ।

Comment


Related News

Latest News

Trending News