अपडेट 
२०७७ आश्विन ८, बिहीबार ११:३६

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् । उनीहरुले आज (बिहीबार) हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डा. केसीमाथि अभद्र व्यवहार गर्नु खेदजनक भएको जनाएको छ । शाखा सचिव उदय नारायण सिंहले विज्ञप्ति जारी गरी गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारका लागि डा. केसीसँग तत्काल वार्ता गरी जायज मागहरु सम्बोधन गर्न माग गरेका छन् ।

डा.केसीले गत भदौ २९ गतेदेखि जुम्लाको चन्दनाथ नगरपालिका–६ रानीचौरस्थित बाविरामष्ट मन्दिरमा अनसन शुरु गरेका हुन् । उनले १९ बुँदे माग अघि सारेका छन् ।

स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई काठमाडौं ल्याएर उपचार थालिएको छ । राष्ट्रिय ट्रमा सेन्टरभित्र लैजाने क्रममा उनलाई प्रहरीले अभद्र व्यवहार गरेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आरोप छ । डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरमा जान नमानेपछि उनकै स्वइच्छामा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

Comment


Related News

Latest News

Trending News