अपडेट 
२०७७ आश्विन ९, शुक्रबार ०६:१८

हाल भारतको मध्य प्रदेशको पूर्वी भू-भागमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्यून चापीय क्षेत्र उत्तर–पूर्वतिर सर्दैछ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अन्य प्रदेशहरुका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षाको समेत सम्भावना रहेको छ।

Comment


Related News

Latest News

Trending News