अपडेट 
२०७७ आश्विन ९, शुक्रबार १६:४२

बितेको २४ घण्टामा देशभर १३ सय १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । तीमध्ये ८ हजार २३७ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा जना १४ सय ५५ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ५१ हजार ८६६ जना पुगेको छ । संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत रहेको छ । आइसीयूमा २२७ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन् । ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ७ जिल्ला कोरोनासंक्रमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३ जनाको निधन भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News