अपडेट 
२०७७ आश्विन ९, शुक्रबार १७:४९

जनकपुरधाममा युवाहरुले चिन बिरुछ विरोध प्रदर्शन गरेका छन् । हुम्लामा मिचिएको नेपाली भूमीबाट तत्काल फिर्ता जाउ चिन भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन ।

जनकपुरमा युवा नेपाल समिति प्रदेश नम्बर २ ले, चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएपछि आक्रोस व्यक्त गर्दै विरोध प्रदर्शन गरेक छन । बिरोध प्रदर्शनमा सहभागीहरुले चिन विरुद्ध नारावाजी गर्दै ब्याक अफ चाइना, चिनियाँ अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमी फिर्ता गर, पुरानो सन्धी लागु गर, चाईनिज साम्राज्यवाद मुर्दावाद, केपी ओली मुर्दावाद, चाइनाको दलाल परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मुर्दावादलागायतका नाराहरु लगाएका थिए ।

युवाहरुको समूहले चाइनीज अतिक्रमण बिरुद्ध निकालेको बिरोध रैली जनकपुरधामको बिभिन्न चौकहरु हुदैँ अन्तमा जनकचोकमा पुगेर कोणसभामा परिणत भएका थिए ।

Comment


Related News

Latest News

Trending News