२०७७ आश्विन ९, शुक्रबार १७:३३

आमरण अनसनरत डा. गोविन्द केसीले भिडियो सन्देशमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो माग पूरा गर्न आग्रह गरेका छन् ।

त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालबाट असाेज ९ गते भिडियो सन्देश जारी गर्दै डा. केसीले आफ्नाे माग साधारण रहेको बताउँदै प्रधानमन्त्री ओलीलाई माग पुरा गरिदिन आग्रह गरेका छन् ।’ माग पुरा नभएसम्म आफ्नो सत्याग्रह जारी रहने डा. केसीले बताएका छन् ।

यसैगरी, डा. केसीकाे माग वार्ताकाे माध्यमबाट समाधान गर्न राष्ट्रिय मानव अधिकार आयाेगले पनि आग्रह गरेकाे छ । आयोगका सचिव वेद भट्टराईले असाेज ९ गते विज्ञप्तिमार्फत चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा. केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति गम्भीर हुँदै उहाँकाे जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

Comment

Related News

Latest News

Trending News