अपडेट 
२०७७ आश्विन १०, शनिबार ०६:१०

हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्दैछ। हाल कर्णाली प्रदेश, सुदुर–पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थान तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही थाेरै स्थानमा मेग गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ को एक दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ।

आज राति प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थान तथा प्रदेश नम्बर ५ , कर्णाली प्रदेश र सुदूर–पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नम्बर १ र गण्डकी प्रदेशकाका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Comment


Related News

Latest News

Trending News