अपडेट 
२०७७ आश्विन १०, शनिबार १५:२३

सरकारले हालै जारी गरेको कक्षा ११ र १२ को पाठ्यक्रमको विरोधमा विभिन्न शैक्षिक समूहले विरोध प्रदर्शन गरेका छन् । कक्षा ११ र १२ को नयाँ पाठ्क्रममा गणित विषय हटाएको भन्दै विभिन्न शैक्षिक समूहले माइतीघर मण्डलमा विरोध प्रर्दशन गरेका हुन् ।

सरकारसँग पाठ्यक्रमका विषयमा पटक पटक छलफल र बहस गर्दा पनि सरकारले परिमार्जका लागि काम शुरु नगरेको नेपाल गणित समाजको आरोप छ ।

प्रर्दशनका क्रममा नेपाल गणित समाज, गणित विज्ञान समूह र गणित शिक्षा परिषद्ले सरकारले गणित विषयलाइ संकुचित गराउन खोजेको आरोप लगाएको छ ।

Comment


Related News

Latest News

Trending News