अपडेट 
२०७७ आश्विन ११, आईतवार ०६:३४

हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्दैछ। हाल सुदूर–पश्चिम, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नम्बर १ का केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । साथै प्रदेश १ का एक दुई स्थानमा भारी वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेग गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक र दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै आज राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News