
रौतहट–उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति रौतहटले बजार अनुगमन गर्न माग गदै बिज्ञप्ती निकालेको छ ।
दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरुमा भएको चर्को मुल्यबृद्धि र कालोबजारी प्रति ध्यानाकर्षण गर्दे आईतबार उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति रौतहटले बजार अनुगमन गर्न माग गदै बिज्ञप्ती निकालेको हो । रौतहटका बजारमा हरियो तरकारी,फलफुल,दुग्धजन्य पदार्थ तथा माछामासु लगायत दैनिक उपभोग्य खाद्यान्नका सामाग्रीहरुमा मुल्यबृद्धि तथा कालोबजारी बढेको थाहा पाए पछि उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति रौतहटले बजार अनुगमन गर्न बिज्ञप्ती निकालेको उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति रौतहटका अध्यक्ष टिका घिमिरेले जानकारी दिएका छन् ।
बजार सहज हुदै गईरहेको अवस्थामा पनि कृक्रिम अभाव देखाउदै कतिपय व्यापारी तथा व्यवसायीहरुले चर्को मुल्यबृद्धि,मिसावट,कमतौल,म्यादनाघेको तथा सडेगलेका सामानहरु बिक्रि गर्दै ठिगी गर्ने गरेकोले आमनागरिकहरुको गुनासा यस मंचलाई प्राप्त भएपछि मंचले बिज्ञप्ती निकालेको अध्यक्ष घिमिरेको भनाई रहेको छ ।
हिन्दु धर्मालम्बीहरुको महानचाँड नजिकिदै गरेको अबस्थालाई ध्यानमा राख्दै उपभोक्ता हित संरक्षण ऐन २०७५ ले सुनिश्चित गरेको उपभोक्ता मौलिक अधिकार बिरुद्ध भईरहेको ठगी तथा कालोबजारी रोक्नको लागि प्रमुख जिम्मेबार र जवाफदेही निकय नगरपालिका कार्यालय र प्रहरी प्रशासनबाट परिणाममुखी बजार अनुगमनलाई तत्काल अघि बढाउन समेत सो मंचले माग गरेको छ ।