अपडेट 
२०७७ आश्विन ११, आईतवार १३:३८

जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका आरोपितको बुवाले पीडित पक्षलाई मुद्या मिलापत्र गर्न रकमको प्रलोभन दिएको भन्दै आरोपितका बुवालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बलात्कार प्रकरणकी पीडित किशोरीको परिवारलाई १२ लाख रुपैयाँ आर्थिक प्रलोभन दिई मुद्या मिलाउन दबाब दिएको सत्यनरायण यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई शनिबार बिहान करिब १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको सबैला नगरपालिका वडा नं। १२ रघुनाथपुरकी १५ वर्षीया किशोरीको सामूहिक बलात्कारमा संलग्न धनुषाधाम नगरपालिका–२ धर्मपुरका श्यामसुन्दर यादवलाई बचाउन उनका बुबा यादवले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर कारबाही प्रक्रिया अगाडि नबढाउन धम्की दिएको भन्दै पक्राउ गरी अनुसन्धान अगाडी बढाएको हो ।

बलात्कार आरोपमा प्रहरीको खोजी सूचीमा रहेका छोरालाई बचाउन यादवले बलात्कृत किशोरी र उनका बुबा आमालाई मिल्न धम्की दिँदै आएको भन्दै जानकारीका आधारमा ईलाका प्रहरी कार्यालय धनुषाधामले उनलाई पक्राउ गरी जिल्लामा बुझाएको हो । गाउँ नजिकैको विद्यालयमा बोलाएर पीडितका बुबा र आमालाई पैसा लिएर घटना मिलाउन दबाब दिने यादवलार्ई पक्राउ जिल्ला प्रहरीमा ल्याएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

पीडित किशोरीले बयानमा धनुषाधाम नौसयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४–१५ जना युवाले घेराउ गरे किशोरीसँगै रहेका दुई युवालाई कुटपिट गर्दै सडकमा बन्धक बनाएर बलात्कार गरेको भनिएको छ ।

Comment


Related News

Latest News

Trending News