२०७७ आश्विन ११, आईतवार १४:२४

भारतमा कोरोना भाइरस संक्रमणबाट ९४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा एक हजार एक सय २४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतको संख्या ९४ हजार पाँच सय तीन पुगेको हो ।

यहाँ संक्रमितको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६ सय जना नयाँ संक्रमित थपिएको जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ लाख ५६ हजार चार सय दुई जना छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । यहाँ दुई लाख ६९ हजार पाँच सय ३५ जना संक्रमित अवस्थामा छन् भने कर्नाटक राज्यमा एक लाख एक हजार आठ सय एक जना, आन्ध्र प्रदेशमा ६५ हजार सात सय ९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तामिल नाडू राज्यमा ४६ हजार तीन सय ३६ जनामा संक्रमण सक्रिय अवस्थामा रहेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सेप्टेम्बर २६ सम्ममा देशभर सात करोड १२ लाख ५७ हजार कोरोना परीक्षण भएको छ ।

Comment

Related News

Latest News

Trending News