अपडेट 
२०७७ आश्विन ११, आईतवार १५:२३

वीरगंज निवसी २६ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल प्रयोगशालामा असाेज १० गते भएको पीसीआर परीक्षणमा ९ महिना चलिरहेको गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

असाेज १० गते बिहान श्वास प्रश्वासमा समस्या भएपछि सीता हस्पिटल पुगेकी महिलालाई फिजिसियनसँग चेकअप गराउन डाक्टरले भने अनुसार सीता अस्पतालकै पुर्वमा रहेको एडभान्स अस्पतलामा परीक्षण भएकाे र रगत जाँच तथा एक्सरेबाट छातीमा निमोनिया भएकाे निष्कर्षका साथ तत्काल नारायणी अस्पतलामा पीसीआर परीक्षण गर्न पठाएकाे गर्भवतीका दाजुले बताए । नारायणी अस्पतालमा काेभिड जाँच गराउँदा उनकाे रिपार्ट पोजेटिभ आयो र नारायणी अस्पतलाका चिकित्सकहरुले हाल नारायणी अस्पतलमा गर्भवतीलाई भर्ना गर्न नमिल्ने बताउँदै वीरगंज हेल्थकेयर तथा गण्डक कोभिड अस्पतलाहरु पनि बन्द भइसकेकोले घरमै लैजान उचित देखि घर लान निर्देशन दिए।

गर्भवती महिलाकाे दाजुले अस्पतालमा भर्ना गराइदिन सहयाेगकालागि जिल्ला प्रहरी कार्यालय पर्साको गेटमा पुग्दा गेटको पुलिसले पोजेटिभ केसलाई यहाँ किन ल्याएको अस्पताल लैजानु भनेकाे गर्भवतीका दाजुले बताए । उनका अनुसार विभिन्न अस्पतालमा भर्ना नर्ग नमिल्ने भएपछि उनी घरमै फिर्ता हुन बाध्य भइन् र घरमा राति अक्सिजन लगाएर राखिएकाे अवस्था छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले संक्रमित गर्भवतीको नारायणी अस्पतालमा राखेर उपचार शुरु गर्न अस्पताल प्रशासनलाई निर्देशन दिइसकेको जानकारी गराए।

Comment


Related News

Latest News

Trending News