अपडेट 
२०७७ आश्विन १२, सोमबार ०५:५८

देशको सबै भन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस, आफनो ईतिहासकै सर्वाधिक असहज, प्रतिकूल एवं अप्ठयारो परिस्थितिको सामना गरिरहेको अवस्था छ । संघीयसंसद देखि लिएर प्रादेशिक संसदहरुमा समेत पार्टीले प्रतिपक्षमा बसी रहनु परेको अवस्था छ ।

विगत तीन वर्षमा पार्टीले नत संसदमा न त सडकमा नै सशक्त ढंगले प्रतिपक्षी दलको भूमिका निर्वाह गरिरहेको अवस्था छ । पार्टी वर्तमान अवस्थामा मधेशी, दलित, जनजाति, किसान मजदुर र गरिववर्गवाट टाढिएको अवस्था छ । मधेसवादी राजनीतिकदलको व्रिmयाकलापका कारण मधेशका जनता पनि विकल्पको खोजीमा छन् । सत्ताधारी नेकपा सरकारको तीनवर्षको व्रिmयाकलाप का कारण सिङ्गो देशकै जनता एक सशक्त राजनीतिक विकलपको खोजीमा छन् तर देशको राजनितिमा प्रतिपक्षीदलको भूमिका कही कतै देखिएको छैन । प्रमुख प्रतिपक्षी नेपालीकाग्रेसमा कोईराला परिवार,वर्तमान सभापति शेर बहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, गगनथापा तथा बिमलेन्द्र निधि पार्टी नेतृत्वको निम्ति आफनो दावीगर्दै आएका छन् । अब नेपालीकांग्रेसको नेतृत्व जनजातिको हातमा आउनु आवश्यक छ । त्याग एवं बलिदानको लामो पृष्ठभूमि बोकेका र प्रधानमन्त्रीको पदलाई समेत अस्वीकार गरि सकेका गणेशमान सिंहको उच्च राजनीतिक गरिमालाई नेपाली कांग्रेसले सम्मानगर्नु आवश्यक छ ।

तीन–चार पटक देखि राष्ट्रिय राजधानी काठमाण्डौंवाट निर्वाचित हुदै आएका प्रकाशमान सिंहलाई अब नेपालीकांग्रेसले नेतृत्वको जिम्मेवारी दिनु समयको माग हो । उनको नेतृत्वमा राष्ट्रिय राजधानी लगायत काठमाण्डौं उपत्यकामा मात्रै होईन अपितु देश भरिका जनजाति, मधेसी समुदाय, दलित र गरीब वर्ग फेरि पनि नेपाली कांग्रेस प्रति आकर्षित हुन सक्नेछन । यथास्थितिवादी चिन्तन तथा नेतृत्वले पार्टीलाई नया उर्जा प्रदान गर्न सक्ने छैन । करिब तीन वर्ष अघि सम्पन्न प्रादेशिक तथा संसदीय निर्वाचनमा पार्टीले ठुलो पराजय भोग्नु परेको थियो । त्यस पराजयको समीक्षा गर्ने काम भएन । नेपालीकांग्रेसकै नेतृत्वको सरकारले निर्वाचन पनि गराएको थियो तर पनि पार्टीले अकल्पनिय तथा दुःखद पराजय भोग्नु प–यो । राजनितिक नैतिकताको आधारमा पार्टी सभापतिले पदवाट राजीनामा गर्नु पर्दथ्यो तर पराजयको जिम्मेवारी सबैको काँधमा हाल्ने काम भयो । पराजयको सुक्ष्म विश्लेषण भरसक भएन । अन्यथा तीन वर्ष सम्म यसरी पार्टी चुप्पलागेर बस्ने थिएन । जन आन्दोलन २ को सफलता पश्चात पार्टीले संवैधानिक राजतन्त्रको सट्टा गणतन्त्र र हिन्दु धर्मसापेक्षताको ठाउँमा धर्मनिरपेक्षतालाई स्वीकार गरेको तथा प्रतिपक्षविहीन राजनितिलाई विकसित गरी कथित राष्ट्रिय सहमतिको नाममा कम्युनिष्टहरुसित गहिरो सहकार्य एवं सहयात्रागर्न थाले, जसले गर्दा नेपालीकांग्रेसले स्वंम आफुलाई नै विस्तार–विस्तारै कमजोर बनाउने काम गर्यो ।

पार्टी संगठनलाई उर्जावान बनाउन किसान, मजदुर, युवा, जनजाति , मधेशी, दलित र गरीबलाई आफुतिर कसरी आकर्षित गर्ने भन्ने विषयमा पार्टीले प्रष्ट दृष्टिकोण बनाउन सकेको छैन । आफुलाई सत्ताको स्वभाविक उत्तरधिकारी ठान्दै आएको नेपालीकांग्रेसलाई विगत तीनवर्ष देखि सत्ताभन्दा बाहिर बस्नु परेका कारण अप्ठयारो अवस्थाको सामना गरिरहनु परेको छ । पार्टीका नेताहरु आफुलाई असहज ठानी रहेका छन । लोकतान्त्रिक शासन भएको देशमा कुनै पनि राजनितिकदलले सधै आफुलाई नै सत्ताको स्वाविक उत्तराधिकारी ठान्नु उचित होईन । देश र जनताको चाहना र आवश्यकतालाई हृदयंगम गरी अनुसार पार्टीको नीति निर्धाण गर्ने र कार्यव्रmमहरुलाई धरातलमा उतार्ने काम भई रहेसम्म कुनै पनि राजनितिकदल सत्ताभन्दा बाहिर हुन सक्दैन तर केवल पार्टीको नाम तथा इतिहास भजाएर लामो समय सम्म सत्ताको वागडोर हातमा कायम राख्न सकिदैन । भनिन्छ, पुर्खाले कमाएको भौतिक सम्पतिको स्वभाविक उत्तराधिकारी तपाई हुनसक्नु हुन्छ तर नाम, पद, प्रतिष्ठा र सम्मान कमाउन आफनो पुरुषार्थ देखाउनै पर्दछ । नेपालीकांग्रेसमा बडो चलाखिपर्ण तरिकाले कोईराला परिवारलाई देवत्व प्रदान गर्ने काम भई आएको छ ।

कोईराला परिवारको कमी– कमजोरीलाई पनि विशेषताको रुपमा परिभाषित गर्ने काम भईआएको छ जवकि कोईराला परिवार जति नै योगदान गरेका अथवा कतिपय अर्थमा त्यो भन्दापनि बढी योगदान पु–याएका कतिपय परिवारहरुको समुचित चर्चा पनि हुन सकेको छैन ।नेपालीकांग्रेस आज कमजोर अवस्थामा पुग्नुको एउटा ठुलो कारण गणेशमानसिंह र सुवर्ण शम्शेर जस्ता महान व्यक्ति एवंम समर्पित नेताहरुको योगदान र समर्पंणलाई नेपाली जनता सामु पु–याउन नसक्नु पनि हो । वि.स.२०४६ सालको ऐतिहासिक जनआनदोलनको सफलताका महानायक गणेशमानसिंहलाई पनिनेपाली कांग्रेसले उचित सम्मान दिएन । राजधानी काठमाण्डौंको जाबो २ सिटमा गणेशमान सिंहको परिवारका २ जना सदस्य चुनाव लडदा उनीहरुलाई पराजित गर्न कोईराला परिवार दतचित भएर लागेको थियो । प्रधानमन्त्रीको पदलाई त्याग गरेका गणेशमान सिंहको परिवारका २ जना सदस्यजो आफनै योग्यता क्षमता त्याग र समर्पणका कारण पनि निर्वाचनमा उम्मेदवार हुने लायक थिए, तिनको विरुद्धमा दुष्प्रचार गर्ने काम भयो । तर कोइराला परिवारका आधा दर्जन भन्दापनि बढी सदस्यहरु कोही बाँके, कोही सिन्धुली, कोही सुनसरी त कोही मोरङवाट चुनाव लडदा पनि त्यसको चर्चा भएन ।

नेपालीकांग्रेसमा एउटा लबी“विगतलामो समय देखि पुर्वाग्रही भएर अन्य नेताको योगदानलाई धुमिलपार्ने र कोईराला परिवारलाई मात्रै नेपालीकांग्रेसको “अक्सिजन सिलिण्डर”को रुपमा परिभाषितगर्न कामगरिरहेको छ । आखिर टंक प्रसादआचार्य, सुर्य प्रसाद उपाध्याय, भद्रकालीमिश्र, रामनारायण मिश्र, महेन्द्र नारायण निधी, नारदमनिथुलुङ्ग, राधाकृष्ण थारुहरुको पनि त योग्दान थियो । शेरबहादुर देउवा देशकाप्रधानमन्त्री र नेपालीकांग्रेसका पार्टी सभापति भएर पनि पार्टीलाई चुनावमा सफलता दिलाउन सकेनन । रामचन्द्र पौडेल पनि शारिरीक कारणले र घटदो जनाधारका कारण पार्टीको नेतृत्व गर्न सक्ने आवस्थामा छैन । कृष्ण प्रसाद सिटौलाकै सुझाव र सल्लाहकाकारण देशमा कम्युनिष्ट पार्टीले बढी महत्व पाउन सकेको हो । कोईराला परिवारका कुनै पनि सदस्य अब नेपालीकांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सक्ने क्षमता राख्दैनन । विगत तीन वर्षमा यदि देश विपक्षविहीन देखिएको छ, न त सडकमा, न त संसदमा नै नेपालीकांग्रेसको प्रभावकारी भूमिका देखिएको छ भन्ने यसको निम्ति पार्टीका वर्तमान सभापति शेरवहादुर देउवा र उनको सम्पुर्ण टिम नै पुर्णतःजिम्मेवार रहेको मान्नु पर्दछ । महामन्त्री शशाक कोईराला पनि यदाकदा हिन्दुत्वको चर्चा गरी लोकप्रियता हासिल गर्न चाहन्छन तर कोईरालाले देशमा ल्याउन चाहेको धर्म सापेक्षताको परिभाषा प्रष्ट छैन ।

भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारको लोकप्रियतालाई हेरेर यदि देशमा हिन्दुत्वको चर्चा भईरहेको छ भन्ने यो “अक्कलबिनाको नक्कल”हो । भारतमा राष्ट्रिय स्वयंम सेवक संघको झन्डै एक सय वर्षको सतत संघर्षवाट त्यहाँ हिन्दुवादी पार्टी भाजपाको बहुमतको सरकार अस्तित्वमा आएको हो । तसर्थ धामिक विषयमा पनि शीघ्रता ठीक हुदैन ।वर्तमान अवस्थामा नेपालीकांग्रेसले नया ढगले नेतृत्वको चयनगर्नु आवश्यक छ । देशम ालोकतन्त्रको जरोलाई वलियो बनाउन तथा नेपालीकांग्रेसको घटदो जनाधारलाई पुनंःहासिल गर्न प्रकाशमान सिंह जस्ता जनजातिका वरिष्ठ नेताको सर्व स्वीकार्य नेतृत्व आवश्यक भएको छ ।

Comment


Related News

Latest News

Trending News