अपडेट 
२०७७ आश्विन १२, सोमबार १०:३७

रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका एक युवकको खोलामा डुबेर ज्यान गएको छ । 

कटहरिया न.पा.९ मुसर टोल वस्ने भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सौच गर्न नजिकै रहेको झाजखोलाको किनारमा गएकोमा घर नफर्किएकोले रातिनै निजको आफन्तले खोजतलास गर्दा फेला परेको थिएन । हिजो सांझ  ईलाका प्रहरी कार्यालय कटहरियाको टोलि र स्थानीयको सहयोगमा खोज तलास गर्दा झांजखोलामा डुबी मृत अवस्थामा खोलाको किनारमा निजको शव फेला परेको सई लतिफ अन्सारीले बताएका छन् । 
 
मृतकको  शव पोष्ट मार्टमको लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News