अपडेट 
२०७७ आश्विन १२, सोमबार १५:४१

सप्तरीको तिरहुत गाउँपालिका २ मा एक जना ५० वर्षिया महिलाको रहस्मय हत्या भएको छ ।

शिवनारायण यादवकी पत्नी दायमन देवीको रहस्यमय हत्या भएको हो । आफ्नै घरमा मृत अवस्थामा उनी फेला परेपछि यतिबेला बस्तिमा खैलाबैला मच्चिएको छ । पति शिवनारायण बिराटनगरस्थित एक विद्यालयमा शिक्षक रहेको र गाउँस्थित घरमा दायमन र उनकी सासु ७६ वर्षिया जोहरीदेवी यादव बस्ने गरेका थिए । पतिले बोलाएपछि एकसाता अघि सासुलाई घरमा छाडी दायमन बिराटनगर पुगेकी थिइन् ।

बिहीबार शिवनारायणले आमालाई बिराटनगर बोलाएपछि पत्निलाई घर रुघ्न सोही दिन पठाएका थिए । शिवनारायणका दुई छोरा काठमाडौंमा पढ्न बसेकाले दायमन घरमा एक्लै थिइन् । भोलिपल्ट शुक्रबार बेलुका फोन मार्फत श्रीमतीलाई सम्पर्क गर्न खोज्दा फोन नउठेपछि शनिबार बिहानै छिमेकीलाई बुझ्न पठाउँदा शौचालय नजिकै आंगनमा दायमन मृत भेटिएकी थिइन् । घाँटीमा प्लाष्टिकको दुई वटा डोरी बाँधेको, कान र नाकबाट रगत आएको तथा शरीरमा निलडाम समेत भेटिएका कारण प्रारम्भिक अवस्था हेर्दा हत्या नै भएको हुन सक्ने प्रहरीको कथन छ । वडा अध्यक्ष जयप्रकाश यादवले हत्या गरिएकी दायमनको घरमा रहेका सबै गरगहना, नगद तथा अन्य सरसामान सुरक्षित रहेकाले हत्या कसले र किन गरेको हो भन्ने कुरा रहस्यमय रहेको बताएका छन् । प्रहरी उपरिक्षक राजेन्द्र धमलाले शवलाई पोष्टमार्टमका आइतबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिएका छन् ।

घटना बारे अनुसन्धान गर्न सोमबार जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयबाट एउटा टोली समेत आइपुगेको र जिल्ला प्रहरी कार्यालय समेतको संलग्नतामा अनुसन्धान तिब्र बनाइएको उनले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News