अपडेट 
२०७७ आश्विन १२, सोमबार १६:२८

बितेको २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिए । यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन  र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् । उनका अनुसार बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको गौतमले बताए । यस्तै आज १० हजार ८० जनाको पीसीआर भएको छ । 

Comment


Related News

Latest News

Trending News