अपडेट 
२०७७ आश्विन १३, मंगलवार ०९:४३

भारतमा कोरोना सङ्क्रमण भएका झण्डै ५१ लाख निको भएका छन् ।

गएको २४ घण्टामा ६९ हजारमा कोरोना पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ६१ लाख नाघेको छ । जसमध्ये ५० लाख ९८ हजार निको भएका वल्ड्रोमिटरले जनाएको छ । वल्ड्रोमिटरका अनुसार ९ लाख ४८ हजार कोरोनाका सक्रिय बिरामी रहेकामा साढे ८ हजारको अवस्था जटिल रहेको र अरुको अवस्था सामान्य छ । ९६ हजारको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । भारतभन्दा धेरै साढे ७३ लाखमा कोरोना पुष्टि भएको अमेरिकामा भने ४६ लाख निको भएका छन् । त्यहाँ २ लाख ९ हजारको भने ज्यान गएको छ ।

अहिलेसम्म विश्वभर ३ करोड ३५ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ४८ लाख निको भएका छन् । १० लाख ६ हजारको भने ज्यान गएको छ ।

Comment


Related News

Latest News

Trending News