अपडेट 
२०७७ आश्विन १३, मंगलवार १०:०२

१० महिनाभित्र संसारभरी कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । जोन होपकिन्स युनिभर्सिटीका अनुसार यीमध्ये लगभग आधाको मृत्यु अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा भएको छ । जहाँ अमेरिकामा कोरोनाभाइरसले २,०५,०३१ जनाको ज्यान गुमिसकेको छ भने ब्राजिलमा यसले १,४२,०५८ को मृत्यु भएको छ । यस्तै भारतमा ९५,५४२ र मेक्सिकोमा ७६,७३० को मृत्यु भएको छ ।

संयुक्त राष्ट महासचिव एन्टोनियो गुटेरेशले भाइरसका कारण ज्यान गुमाउनेहरुको आँकडा मन दुखाउने किसिमको छ । यो संकटबाट लड्नका लागि अन्तरराष्ट्रिय सहयोग र नेतृत्वको आवश्यकता भएको उनले बताए । यद्यपि, थुप्रै जानकारका अनुसार मृत्युको आँकडा १० लाखभन्दा पनि बढि हुनसक्छ किनभने थुप्रै देशमा कोरोनाभाइरसका लागि कम परीक्षण भइरहेको छ जसका कारण कोभिड–१९ का कारण हुने मृत्यु सहि तरिकाले दर्ता भइरहेको छैन ।

कोरोना संक्रमणको पहिलो मामिला १० महिना अघि चीनको ऊहानमा भेटिएको थियो । यहाँबाट फैलिएको यो भाइरस अब १ सय ८८ देशमा फैलिसकेको छ भने संसारभरीका ३.३ करोड मानिसलाई संक्रमित पारिसकेको छ । कोरोना महामारीमाथि नियन्त्रण पाउनका लागि यसको भ्याक्सिनमा तीब्र रुपमा काम चलिरहेको छ तर जानकारका अनुसार यो प्रभावकारी भ्याक्सिन अर्को वर्ष अघि आउन मुश्किल छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको कुनै प्रभावकारी भ्याक्सिन भेटुञ्जेल यो भाइरसले करिब २० लाख व्यक्तिको मृत्यु हुनसक्ने अनुमान गरेको छ ।

Comment


Related News

Latest News

Trending News