अपडेट 
२०७७ आश्विन १३, मंगलवार ११:२९

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले केही मिनेटभित्रै कोरोना संक्रमण पत्ता लगाउने परीक्षण मेशिन ल्याउने तयारी गरेको छ ।

यस्तो मेशिनले न्यून र मध्यम आय भएका मुलुकमा कोरोना भाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने छ। स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोरोना पत्ता लगाउने प्रक्रियामा पाँच डलर मात्र लागत पर्ने उक्त परीक्षण प्रविधिले सकारात्मक परिवर्तन ल्याउने ठानिएको छ।

उत्पादकहरूसँगको एउटा सम्झौताअनुसार उनीहरूले छ महिनाभित्र १२ करोडवटा त्यस्ता परीक्षण उपलब्ध गराउनेछन्। डब्ल्यूएचओका प्रमुखले यो कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुङ्गा साबित हुने बताए। परीक्षणका लागि नमुना दिएपछि त्यसको नतिजा आउन लामो समय लाग्दा धेरै देशमा कोरोना भाइरस फैलिन नदिन गाह्रो हुने गरेको छ।

विज्ञहरूले भारत र मेक्सिकोजस्ता उच्च सङ्क्रमण दर भएका देशमा एकदमै थोरै मात्र परीक्षण हुँदा महामारीको वास्तविक विस्तार थाहा हुन नसकेको बताएका छन्। सोमबार पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयससले भने, नयाँ, सजिलै बोकेर हिँड्न सकिने र प्रयोग गर्न सजिलो परीक्षणले कैयौँ घण्टा वा दिनको साटो १५ देखि ३० मिनेटभित्र नतिजा दिन्छ।

औषधि निर्माताहरू एब्बो र एसडी बायोसेन्सरले च्यारिटेबल संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि १२ करोड परीक्षण उत्पादन गर्न सहमत बनेको उनले बताए । सम्झौताले १३३ देशमा सहायता पुग्नेछ। त्यसमा हाल महामारीले धेरै असर पारेका र मृत्यु भएका ल्याटिन अमेरिकी मुलुक पनि छन्।

Comment


Related News

Latest News

Trending News