अपडेट 
२०७७ आश्विन १३, मंगलवार १६:२३

रुसले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालमा आउने भएको छ । नेपालमा २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ भित्र्याउने सम्झौता भएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच सम्झौता भएको हो। नेपाल ल्याइने साढे २ करोड डोज भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्यालाई समेट्ने छ। यो भ्याक्सिन ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित रहेको बताइएको छ।

रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको यो भ्याक्सिनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमाथि सफल परीक्षण गरिएको भनेर प्रचार गरिँदै आएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग सहकार्य गरी कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरिएको ट्रिनिटीका निर्देशक किशोर अधिकारीले बताउनुभयो । स्पुटनिक–५ को अन्तिम परीक्षणको नतिजा र नेपाल सरकारको इजाजतको पर्खाइमा रहेको उहााले बताउनुभयो ।

रुसी फन्डले यो सम्झौतासम्बन्धी समाचार आफ्नो वेबसाइटमा पनि प्रकाशित गरेको छ। यो भ्याक्सिनको क्लिनिकल ट्रायलमा ४० हजार स्वयंसेवी सहभागी रहेको बताइएको छ । यसको नतिजा ढिलोमा आगामी नोभेम्बरसम्ममा आइसक्ने अनुमान छ ।

Comment


Related News

Latest News

Trending News