अपडेट 
२०७७ आश्विन १३, मंगलवार १६:५१

कटहरिया नगरपालिका – १ भसेढवा परसबनि टोलका ३५ वर्षीय इन्दल दाश, १५ वर्षीया बालिका बलत्कारको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले असाेज ५ गते पक्राउ गरेकाे छ ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रबि रावलका अनुसार असाेज ५ गते राती ९ बजे सोहि टोलकी एक १५ वर्षीया बालिकामाथि धारामा पानी भर्न गएका बेला इन्दलले बलात्कार गरेकाे आरोपमा गिरफ्तार गरिएकाे हाे । पीडित बालिकाले बताए अनुसार इन्दलले बालिकाको मुख थुनेर नजिकैको धानखेतमा लागि बलात्कार गरेका हुन् । पीडित बालिकाले घरमा घटनाकाे जानकारी गराउनासाथ प्रहरीमा खबर गरेकाेमा ईलाका प्रहरी कार्यालय कटहरियाबाट सई लतिफ अन्सारीको कमान्डमा गएको टोलिले आरोपीत इन्दल दाशलाई राती नै गिरफ्तार गरेको थियो । पीडितका बुबाको उजुरीको आधारमा आरोपितमाथी जबरजस्ती करणीसम्बन्धि मुद्दा दर्ता गर्ने तयारी भइरहेको डिएसपी रबि रावलले बताए ।

पीडित बालिकालाई स्वास्थ परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाईएको छ ।

Comment


Related News

Latest News

Trending News