अपडेट 
२०७७ आश्विन १४, बुधबार ०६:२५

विराटनगर । विराटनगर महानगरपालिकाले असोज २५ देखि कात्तिक ३ गतेसम्मका लागि तय गरेको कक्षा ११ को परीक्षा स्थगित गरेको छ । विद्यार्थी र अभिभावकबाट विरोध भएपछि महानगरपालिकाले परीक्षा तत्कालका लागि स्थगित गरेको हो ।

कोरोना संक्रमण जोखिम उच्च भएकाले तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको विराटनगर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिनुभयो । चारवटा विद्यालयमा कोरोना देखिएपछि तत्कालका लागि परीक्षा स्थगित गरिएको उहाँले बताउनुभयो । स्थगित परीक्षा स्कुलले अनुकुल समयमा गर्ने खतिवडाले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ । कक्षा ११ को परीक्षाका लागि विद्यालयहरुले महानगरपालिकालाई समन्वय गरिदिन आग्रह गरेपछि महानगरले एकरुपताका लागि समन्वय गरिदिएको बताउँदै अब विद्यालय अनुकुल समयमा सञ्चालन गर्ने बताएको छ ।

विराटनगरमा कक्षा ११–१२ पढाइ हुने ३७ वटा विद्यालय छन् । जसमा २६ वटा निजी स्तरका हुन् । ती विद्यायलमा प्रदेश १ र २ का करिब ८ हजार विद्यार्थी छन् । परीक्षाको निहूँमा दशैको मुखमा अभिभावकबाट शुल्क असुल्न खोजेको भन्दै अभिभावक र विद्यार्थीहरुले विरोध जनाएका थिए ।

Comment


Related News

Latest News

Trending News