अपडेट 
२०७७ आश्विन १४, बुधबार ०७:३९

जनकपुर जनकपुरधाम स्थित राजदेवी मन्दिरमा प्रत्येक बर्ष हुँदै आएको बोकाबली प्रदान कार्यक्रम यसपाली नहुने प्रशासनले जनाएको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै सोमबार बसेको स्थानीय प्रशासन र सरोकारबालाहरुको बैठकले राजदेवी मन्दिरमा प्रत्येक वर्ष हजारौंको सँख्यामा हुँदै आएको बोका बली यसपाली नगर्न सहमति भएको जनाईएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गरी राजदेवी मन्दिर सहित अन्य ठाउँमा हुने बोकाबली कार्यक्रम नगर्ने सहमति भएको हो । साथै वडा दशैं पर्वमा जिल्ला भित्रका सम्पूर्ण मठ मन्दिरहरु, शक्तीपीठहरुमा बोकाबली नचढाउने तथा कुनै पनि भिडभाड हुने क्रियाकलाप नगर्ने सहमति भएको हो ।

Comment


Related News

Latest News

Trending News