अपडेट 
२०७७ आश्विन १४, बुधबार ०७:४३

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९६ हजार ३ सय १८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७ सय ७६ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७० हजार ५ सय ८९ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या ६१ लाख ४५ हजार २ सय ९१ पुगेको छ । केही समय अघिदेखि रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिएको हो ।

भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा आएसँगै कोरोना महामारीले विकराल रुप लिने देखिएको छ ।

Comment


Related News

Latest News

Trending News