अपडेट 
२०७७ आश्विन १४, बुधबार १२:१६

बिहीबारदेखि आन्तरिक हवाई उडानको कोटामा वृद्धि हुने भएको छ ।

हवाई यात्रुको बढ्दो चापका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीहरुलाई दैनिक दिएको उडानको कोटा बढाएको हो । यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालीका दिएको थियो । दैनिक १८ उडानको अनुमति पाएको बुद्ध एयरले अब दैनिक २५ उडान गर्न पाउने भएको प्राधिकरणले जनाएको छ । यसैगरी दैनिक ११ वटा उडानको अनुमति पाएको यति एयरलाइन्सले अब दैनिक १८ वटा उडान गर्न सक्ने भएको छ ।

दुर्गम भेगमा काठमाडौंबाट उडान गर्ने समिट, तारा र सीता एयरले समेत अब दैनिक चार वटा उडान गर्न सक्ने भएका छन् । यसअघि यी कम्पनीले तीन–तीन उडान गर्ने सक्ने गरी प्राधिकरणबाट तालीका प्राप्त गरेका थिए । प्राधिकरणका अनुसार यो तालिका अक्टोवर महिनाभर लागू हुनेछ ।

Comment


Related News

Latest News

Trending News