अपडेट 
२०७७ आश्विन १४, बुधबार १२:३३

औषधी व्यवस्था विभागले पर्साको वीरगञ्जस्थित प्राईम फर्मास्युटिकल्सले उत्पादन गरेको सेफ ह्यान्डस्लाई बजारमा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालमा परीक्षण गर्दा तोकिएको मापदण्ड पूरा नभएपछि विभागले आज एक सूचना जारी गर्दै स्यानिटाइजर बिक्री बितरण रोक्का गरी बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो । उक्त कम्पनिले उत्पादन गर्दै आएको स्यानिटाइजर परिक्षण गर्दा न्युन गुणस्तरको पाइएको हो ।

विभागले उक्त स्यानिटाइज सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन पनि सम्बन्धित सबैलाई आग्रह गरेको छ । विभागले यसअघि डेढ दर्जन कम्पनीका स्यानिटाइजरमा विषक्त रसायन मिसाएको पाइएको भन्दै उत्पादन र बिक्री वितरणमा रोक लगाइसकेको छ ।

Comment


Related News

Latest News

Trending News