अपडेट 
२०७७ आश्विन १४, बुधबार १२:४१

रौतहट–रौतहटमा बाघको आक्रमण बाट १ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ चिम्नीटोलका १ युवककोे मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् । मंगलवार रंगपुर साझेदारी बन उपभोक्ता समुहको जंगल क्षेत्र भित्र घाँस लिन गएका २८ बर्षिय संगम भण्डारीलाई बाघले खाएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

घाँस लिन बिहानै हिडेका भण्डारी रात सम्म पनि घर नफर्किदा खोज्न गएका १०–१२ जना मध्ये २ जनालाई समेत बाघले घाईते बनाएको थियो । बाघको आक्रमण बाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ बर्षिय अशोक थापा र ३५ बर्षिय प्रबिण श्रेष्ठ रहेका छन ।
उनिहरुको चन्द्रपुर हस्पिटल प्रा.ली मा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जंगलबाट शव फेलापार्दा मृत्यु भएको भण्डारीको कम्मर देखि तल्लो भाग बाघले खाएको जनाईएको छ । बाँकि रहेको शरिरको भाग पोस्टमाटमको लागि चन्द्रनिगाहपुर अस्पतालमा बुझाईएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डियसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News