अपडेट 
२०७७ आश्विन १४, बुधबार १३:४४

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको हत्या भएको भन्ने आशंका खारेज भएको छ ।

भारतको दिल्ली स्थित एम्स अस्पतालको मेडिकल बोर्डले अभिनेता सिंह राजपूतलाई विष खुलाएर हत्या गरिएको भन्ने आशंका खारेज गरेको हो । अभिनेता राजपूतको मृत्युको घटनामा एम्स अस्पतालको मेडिकल बोर्डले सीबीआईलाई आफ्नो अन्तिम रिपोर्ट पेश गरेको छ । सो रिपोर्टमा सुशान्तको मृत्युको सही कारण लेखिएको उल्लेख छ ।

मेडिकल बोर्डले झण्डै एक महिना लगाएर निकर्ष निकालेको बोर्डका अध्यक्ष डा. सुधीर गुप्ताले बताए । अनुसन्धानको रिपोर्ट सीबीआईलाई दिइ सकिएको उनले बताए । ३४ वर्षका राजपूत गएको जुन १४ मा मुम्बई स्थित घरमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको मुम्बई प्रहरीले प्रारम्भीक रिपोर्टमा उल्लेख गरे पनि हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान जारी छ ।

सीबीआईको आग्रहमा एम्स अस्पतालले मेडिकल बोर्ड गठन गरेको थियो जसले मुम्बई गएर सुशान्तको फ्ल्याटको जाँच गरेको थियो । पोस्टमार्टम रिपोर्ट बनाउने कूपर अस्प्तालका डाक्टरसँग पनि बोर्डले अन्तर्वार्ता गरेको थियो स्रोतले दिएको जानकारी अनुसार सुशान्तलाई विष दिएर हत्या गरिएको नदेखिने रिपोर्टमा उल्लेख गरेको पत्रिकाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News