अपडेट 
२०७७ आश्विन १४, बुधबार १३:४९

सप्तरीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छ । मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो । अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज मृत्यु भएको उनका भाइ पिन्टुकुमार यादवले जानकारी दिए ।

उपचारका क्रममा परीक्षण गर्दा यही असोज ८ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।  नेपाली सेनाले अहिले उनको शव व्यवस्थापन गर्ने तयारी भईरहेको छ । ।

Comment


Related News

Latest News

Trending News