अपडेट 
२०७७ आश्विन १४, बुधबार १४:३३

बाराको सुवर्ण गाउँपालिकाकी १२ वर्षीया बालिकालाई असोज १ गते बेलुकी उनका काका पर्ने २६ वर्षीय शिवपूजन यादवले बलात्कार गरेको आरोप पीडित बालिकाले लगाएकी छिन् ।

पीडित बालिकाका अनुसार काकाले मुखमा ओढनी (सल) कोचेर बलात्कार गरेका हुन् । हारगुहार माग्दा आमाबुवालगाएतकाे उल्टै पिटाई खानुपरेको बालिकाको भनाइ छ । यो घटना मिलाउन गाउँ समाजमा चलखेल भइरहेको भए पनि घटना बाहिर आई सकेको हुँदा बालिकाको परिवार न्यायको लागि लडिरहेका छन् । १ लाख ५० हजार रुपियाँ लिएर मिल्नू नत्र ठीक नहुने, राति गोली चल्नसक्छ, तिमीहरु सुतेको सुत्यै हुन्छौं भन्ने किसिमका धम्की आएको र गाउँका पञ्चहरुले चुपचाप बस्न दबाब दिएकाे बालिकाकी आमाकाे भनाइ छ । प्रहरी, वडा अध्यक्षलगायत कसैले पनि सहयोग नगरेको बालिकाकी आमाको गुनासो छ ।

बाराका प्रहरी प्रवक्ता एवम् डीएसपी गौतम मिश्रले तर, असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता भएको बताउँदै बालिकाको बयान लिएर विस्तृत स्वास्थ्य जाँच गराइसकेको बताए । उनका अनुसार भारत पसेका आरोपीतलाई पक्राउ गर्न उतापट्टी समन्वय भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News