२०७७ आश्विन १४, बुधबार १५:१२

नेपाल रेल्वे कम्पनी लिमिटेडले १ सय २९ पदमा ६ महिनाको करार सेवाको लागि आह्वान गरेको विज्ञापनमा जागिर खान ३२ हजारको आवेदन परेकाे छ ।

कम्पनीले भदौ २९ गते प्रेसित गरेको विज्ञापनमा असोज १२ गतेसम्ममा ३२ हजारभन्दा बढी व्यक्तिले आवेदन दिएकाे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिएका छन्। नेपाल सरकारकाे कार्यविधिकाे प्रावधान अनुसार उम्मेदवारलाई छनोट गरी पहिलो ‘मेरिट लिस्ट’ प्रकाशन गरिने छ । कर्मचारी पदपुर्ती गर्न गठित लोकसेवा आयोग, सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, रेल्वे कम्पनीसहितका प्रतिनिधिको एउटा पदपूर्ति समिति छ जसले आवेदनमा संलग्न गरिएका कागजात तथा शैक्षिक योग्यताको प्रमाण पत्रसहित अन्य कागजात पुगेको छ/छैन भनेर हेर्नेछ र शैक्षिक योग्यताको प्रमाण पत्रमा प्रथम श्रेणी, द्वितीय श्रेणी तथा तृतीय श्रेणीको अंकको आधारमा आवेदकहरू छानिनेछन् । त्यसपछि अन्तर्वार्ताका लागि ‘मेरिट लिस्ट’ प्रकाशन गरेर अन्तर्वार्ताका माध्यमले छनोट गरिने छ । अन्तर्वार्ता कहिले लिने र कहाँ लिने भन्ने निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गर्ने छ।

लिखित परीक्षा नहुने तथा अन्तर्वार्ताका माध्यमले मात्र छनोट हुने भएकाले व्यापक आर्थिक चलखेल र लेनदेन हुनसक्ने सराेकारवालहरुकाे भनाइ छ ।

Comment

Related News

Latest News

Trending News