अपडेट 
२०७७ आश्विन १५, बिहीबार ०६:१०

पिसिआर परीक्षण शुल्क तोकेभन्दा धेरै लिने प्रयोगशालाको परीक्षण अनुमति खारेज गरिने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणका नाममा मनलाग्दी रकम लिने प्रयोगशालाको अनुमति खारेज गर्ने प्रष्ट पारेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक पत्रकार सम्मेलनमार्फत ह्याम्स, मेडिसिटी, स्टार, बी एन्ड बी अस्पताल, सूर्या ल्याब, डिकोर ल्याब, सिडिएल ल्याब र इन्टिपेर ल्याबलगायतले बढी शुल्क लिएकाले २४ घन्टाभित्र तोकिएको शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गरी पत्राचार गर्न–गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News