अपडेट 
२०७७ आश्विन १५, बिहीबार ०७:०८

हाल बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। अहिले प्रदेश एक, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइरहेको छ ।

दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ थोरै स्थानमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौशम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News