अपडेट 
२०७७ आश्विन १६, शुक्रबार ०६:२०

नेपालमा अब कोरोनाको संक्रमणका लागि गरिने पीसीआर परीक्षण निःशुल्क हुने भएको छ ।

सर्वोच्च अदालतले कोरोनाको संक्रमणका लागि गरिने पीसीआर परीक्षण निःशुल्क गर्न आदेश दिएको हो । न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको आजको संयुक्त इजलासले पीसीआर परीक्षणको शुल्क नलिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई परमादेश दिएको हो ।

अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले गत भदौ २८ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले शुल्क नलिन आदेश दिएको हो ।

सुरुमा पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको सरकारले चौतर्फि दबााब पछि घटाएर ४ हजार ४ सय शुल्क लिने निर्णय गरेको थियो । त्यसलाई पनि घटाएर सरकारले दुई हजार शुल्क तोकेको थियो । तर निजी अस्पतालले घटाउन अस्वीकार गरेका छन् ।

Comment


Related News

Latest News

Trending News