अपडेट 
२०७७ आश्विन १६, शुक्रबार ०६:२७

सरकारले विद्यमान परिस्थितिमा विद्यालय नखोल्न सचेत गराएको छ ।

आफू खुशी विद्यालय सञ्चालन गर्न थालिएपछि प्रशासनले त्यस्ता गतिविधि रोक्न चेतावनी दिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्पूर्ण स्थानीय तहलाई पत्राचार गरेर सरकारी निर्णयको पूर्णः पालना गर्न सचेत गराएको हो ।

अनावश्यक भिडभाड गर्न, स्कुल, कलेजसहित मनोरञ्जनका क्षेत्रहरुलाई सरकारले अझै बन्देज गरेको जनाउँदै निर्णय कार्यान्वयन गर्न परिपत्र गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । सरकारको निर्णयविरुद्ध कसैले जबरजस्ती गरे कारबाही हुने उहाँले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News