अपडेट 
२०७७ आश्विन १६, शुक्रबार ११:३२

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको छ ।

सुन आज तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ घटे पनि चाँदीको भाउ स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार एक सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News