अपडेट 
२०७७ आश्विन १६, शुक्रबार १२:३३

लोकसेवा आयोगले सबै किसिमका भर्ना र परीक्षा सुरु गर्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ का कारण रोकिएका सबै भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेपछि लोकसेवाले भर्ना र परीक्षा सुरु गर्ने भएको हो ।

मन्त्रिपरिषद् बैठकले गत आर्थिक वर्षमा रोकिएका र यो आर्थिक वर्षमा सुरु हुन नसकेका कर्मचारी भर्नासम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई सहमति दिएको हो । सरकारले राज्य सञ्चालनका आधारभूत विषयहरुलाई निरन्तरता दिनुपर्ने भन्दै गत वैशाखमा सबै नयाँ कर्मचारी भर्ना प्रक्रिया रोकेको थियो । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले राज्य सञ्चालनका आधारभूत कुराहरूलाई निरन्तरता दिनुपर्ने भएकाले सबै भर्ना प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले रिक्त पदको पदपूर्ति गर्न लोकसेवा आयोगबाट भएको विज्ञापन भएर पदपूर्ति नभएका, विज्ञापन आह्वान गर्न बाँकी रहेका र नियमित विज्ञापन पदपूर्तिसम्बन्धी व्यवस्था अघि बढाउने निर्णय भएको बताउनुभयो । आधा सम्पन्न भइसकेका कतिपय परीक्षा सुरु गर्न सरकारले यसअघि नै सहमति दिइसकेको थियो । जसअनुसार अधिकृत, नासुको परीक्षाको तालिका समेत सार्वजनिक भइसकेको छ । सुरक्षा निकायले पनि भर्ना प्रक्रिया अघि बढाएका छन् ।

Comment


Related News

Latest News

Trending News