अपडेट 
२०७७ आश्विन १६, शुक्रबार १३:५५

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ ।

मोरङको उर्लाबारीका वृद्ध, मोरङ कारागारका कैदी, सिरहाका वृद्ध, धनुषाका बालक र सुनसरीको इटहरीका संक्रमित गरी पाँचजनाको मृत्यु भएको हो ।

मोरङ उर्लाबारी नगरपालिका २ की ८४ वर्षीया कोरोना संक्रमित महिलाको घरमै मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राति इटहरी उपमहानगरपालिका ६ का ५६ वर्षीय पुरुषको अस्पतालमा मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनमा अत्याधिक ज्वरो, खोकी र श्वासप्रश्वास थियो । विराट मेडिकल कलेजले उनलाई धरान रेफर गरेको थियो । यता मोरङ कारागारमा पुर्पक्षमा रहेका सुनसरी इटहरीका २७ वर्षीय युवकको मृत्युपछि संक्रमण पुष्टि भएको हो । उनी लागुऔषध सम्बन्धित मुद्दामा पुर्पक्षमा थिए ।

बिहीबारै विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत सप्तरी बिसनपुर ५ का ६७ वर्षीय पुरुषको बिहीबार दिउँसो १ः५० बजे मृत्यु भएको हो । म्याक्स अस्पतालबाट रेफर भई नोबेल मेडिकल कलेज लगिएको थियो । उनको त्यही स्वाब परीक्षण भएको थियो । दिउँसो पोजेटिभ रिपोर्ट आएकामा लगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी विराट मेडिकल कलेजमा उपचाररत धनुषा जनकपुर उपमहानगरपालिका २ का ६ बर्षीय बालकको बिहीबार अपराह्न मृत्यु भएको छ । असोज ९ गते उनमा मेनेन्जाइटिस भएर अस्पताल भर्ना भएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News