अपडेट 
२०७७ आश्विन १६, शुक्रबार १६:३१

बितेको २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए । यस्तै आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन  र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् ।

उनका अनुसार बितेको २४ घण्टामा थप ३३०७ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको गौतमले बताए । यस्तै आज १४ हजार ७३९ जनाको पीसीआर भएको छ । 

Comment


Related News

Latest News

Trending News