कोरोना कहर उत्कर्षमा पुग्दैछ । संघीय ब्लग सरकार बन्दा बन्दी खुकुलो पारे पनि कोभिड– १९ संक्रमितहरुको संख्या भने दिनानुदिन बढदो छ । निरन्तर बढदो कडा खालका संक्रमित व्यवस्थापन गर्न तीनै तहका सरकार असफल देखिएका छन् । सरकारको तयारी ‘ टांईटाई फिस ’ प्रमाणित हुदै छ ।
पछिल्ला पटक नेपालमा भारत भन्दा पनि संक्रमितको औषत बढि देखिएको छ । सेप्टेम्बर २८ का दिन भारतमा २१ लाख ४२ हजार ८ सय ११ जनाको पिसीआर जा“च गर्दा ७० हजार ५ सय ८९ जनामा कोभिड १९ पोजिटिभ देखिएको थियो भने सोहि दिन नेपालमा १० हजार ८० जनाको पिसीआर जा“च गर्दा १ हजार ३ सय ५१ जना पोजिटिभ देखिएका थिए । सोझो शब्दमा भनौ भने भारतमा औषत संक्रमितको संख्या ६ दशमलव १७ थियो भने नेपालमा १३ दशमलव ४१ अर्थात् झण्डै दोब्बर । दुई देशमा संक्रमणमुक्त हुनेको औषतमा पनि ठुलो अन्तर छ । भारतमा सकृय संक्रमितको १५ दशमलव ४ प्रतिशत छ भने नेपालमा २६ दशमलव ८ प्रतिशत । यस तथ्यांकले के देखाएको छ भन्ने खुला सीमाको कारण भारतबाट कोभड संक्रमण फैलियो भन्ने नेपाली नेताहरुको भाषणवाजी आफ्नो निकम्मापन ढाकछोप गर्नलाईमात्र हो । खुला सीमाको कारण दुई देशबिच संक्रमणको प्रसार नभएको होईन तर उपचारपछि निको हुने यस भाइरसको संक्रमणबाट जोगिन सरकारले गर्नु पर्ने तयारी भरपर्दो देखिएन । बन्दा बन्दी खुकुलो छ ।
छोटो तथा लामो दूरीका सवारी साधनहरु संचालन भएका छन् । होटल,रेष्टुरेन्ट खुला छ । हवाई सेवा सुचारु छ । अर्को शब्दमा भनौ भने स्कूल कलेजवाहेक सम्पूर्ण सेवा तथा निकाय खुली सकेको छ । तर कोरोना संक्रमणको दर भने बढेको बढ्यै छ । अर्कोतर्फ गाउ“ सहरमा ठुलै मेला लाग्ने , जलसा हुने तथा सामुहिक भोज भतेर हुने दशैं , तिहार, दीपावली , छठ जस्ता पर्व त्यौहारहरु पनि आउ“दै छ । जनस्वास्थ्यविद्हरुले पर्व त्यौहारको मौसममा संक्रमणदर बढने चेतावनी दिई सकेका छन् । अतः पर्व त्यौहारमा न्युनतम् जमघट हुने योजना तथा कार्यनिती बनाउनु तीनै तहका सरकार ,नागरिक समाज तथा गैर सरकारी संघ संस्थाहरुको दायित्व हो । यस दायित्वलाई निर्वहन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा हालै बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यस वर्षको दशैंमा जनकपुरको राजदेवी मन्दिरसहित धनुषाका अन्य गाउ“–नगरमा हुने बोकावलि निःषेध गर्ने निर्णय गरेको छ । स्थानीय युवा क्लवका पदाधिकारीहरु समेत सहभागी रहेको उक्त सर्वपक्षीय बैठकले गरेको निर्णयबाट जनकपुरमा अचेल बबाल सृजना भएको छ ।
एकथरिले स्थानीय प्रशासनको निर्णयलाई स्वागत गर्दै बोकावलि प्रथानै अन्त्य गर्नु पर्ने राय व्यक्त गरेका छन् भने अर्कोथरिले पूर्खाको पालादेखि चल्दै आएको बलिप्रदा अन्त्य गर्न नहुने दावी गरेका छन् । यता राजदेवी ,अमरखनामाई तथा बौधीमाईसहितका महत्वपूर्ण शक्तिपीठहरुको साज– सृंगार , पूजा– आजा तथा बोकावलिसमेतको व्यवस्थापन गर्दे आएको श्रीराम युवा कमिटि तथा महाबीर युवा कमिटिका पदाधिकारीहरु मौन छन् । कोही केही बोल्ने अवस्थामा छैनन् । दशैको मौसममामात्र तात्ने यी युवा क्लवहरुको मूल आयश्रोत भने बोकावलिबाटै हुदै आएक थियो । राजदेवी मन्दिरमा १८ हजारसम्म बोकावलि प्रदान गरिएको इतिहास छ । गतवर्ष १४ हजार ६ सय बोकावलि प्रदान गरिएको थियो । प्रतिबोका २ सयको दरले जोडने हो भन्ने दुबै युवा क्लव बोकावलिबाटै २९ लाख २० हजार आम्दानी गरेको देखिन्छ । यसका अतिरीक्त दशैं मेला आयोजन गर्न नागरिक समाजबाट पनि आर्थिक तथा भौतिक सहयोग प्राप्त हुदै आएको छ । आर्थिक अपारदर्शिताको आरोप झेल्दै आएका यहा“का युवा क्लवहरुका पदाधिकारी तथा स्वयंसेवकहरुको लागी दशैं प्रतिभा प्रदर्शन गर्ने मौका पनि हुन्छ ।
दशैंको दश दिन यी क्लवसम्बद्ध युवा युवतीहरु पूजा– पाठ,साज–सृंगार तथा बोकावलिलगायतका उपक्रममा कडा मेहनत गर्छन । युवा युवतीहरुको यस जोसलाई सराहना गर्नैपर्ने हुन्छ । दशैं आउन अब दुई सातामात्र बा“की छ । राजदेवी मन्दिरमा भाकल गरेकाहरु बोकावलि प्रदान गर्छन । कोही लामोसमयदेखि बोका पालेर राखेका हुन्छन् । कोही दशैंमा महगो मूल्यमा बिक्री गर्न बोका पालेका हुन्छन् । बोकावलि प्रदान हुने नहुने अन्यौलले श्रद्धालुसंगै बोकापालक किसानहरु समेत अन्यौलमा परेका छन् । कारण बलिप्रदान गर्न भनि पालिएको बोकाको बलि प्रदान हुन सकेन भने थप एक वर्ष पाल्नु पर्ने हुन्छ । अतः बोकावलि प्रदान हुने नहुने विषयको प्रत्य जानकारी गराउने दायित्व श्रीरामयुवा कमिटि तथा महाबीर युवा कमिटिको जिम्मा छ । सामाजिक दायित्व निर्वाह गर्दै दुबै संस्थाले संयुक्त विज्ञप्ति प्रकाशित गरी आम श्रद्धालुलाई यस विषयमा प्रष्ट पार्नु आवश्यक देखिन्छ । कथंकदाचित बोकावलि प्रदान गरिएन भने धार्मिक रुपले अर्को समस्या पनि उत्पन्न हुन आउ“छ त्यो क�

