अपडेट 
२०७७ आश्विन १७, शनिबार ०६:३०

कोरोना भाइरसको उपचारमा सहयोग पुग्ने दाबी गरिएको नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ ।

नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले जनाएको छ । कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताउनुभयो । औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै नेपालमै उत्पादित आयुर्वेदिक औषधिको समेत क्लिनिकल ट्रायल हुने परिषदका सदस्य सचिव ज्ञवालीले बताउनुभयो । प्रदेश नं. ५ र प्रदेश नं. २ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जेठी मधु (एस्टी मधु) र तीन कटु (पिप्ला, मरिच र सुठो)को धुलो मिसिएको औषधिको क्लिनिकल ट्रायल गर्न लागिएको हो ।

यो औषधिको परीक्षण सफल भए कोरोना जस्तै भाइरसजन्य रोगका लागि औषधि बनाउने नेपाल पहिलो मुलुक हुनेछ ।

Comment


Related News

Latest News

Trending News