अपडेट 
२०७७ आश्विन १७, शनिबार ०७:४८

बंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्यून चापीय प्रणाली रहेको छ । हाल देशका प्रदेश १ लगायत अन्य प्रदेशहरुको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News