अपडेट 
२०७७ आश्विन १७, शनिबार ११:१४

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट थप एक हजारभन्दा बढीको व्यक्तिको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाखभन्दा बढी पुगेको हो । संक्रमितका संख्याका आधारमा दोस्रो स्थानको भारतमा ४७ लाख ७६ हजार भन्दा बढी संक्रमणमुक्त भइसकेका छन् । यसैगरी पछिल्लो समय अमेरिकामा ८ सय ६४ तथा ब्राजिलमा ६ सय ६४ जनाको मृत्यु भएको छ । शुक्रबार विश्वभर ५ लाखभन्दा बढीको मृत्युसँगै मृतक संख्या १० लाख ३२ हजार नाघेको छ ।

यस्तै शुक्रबार ३ लाख १४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । भारतमा झण्डै ८० हजार संक्रमित हुँदा अमेरिकामा ५१ हजार तथा ब्राजिलमा ३३ हजारभन्दा बढी संक्रमित थपिए । हालसम्म विश्वभर ३ करोड ४८ लाख भन्दा बढी कोरोना संक्रमित पुगेका छन् ।

Comment


Related News

Latest News

Trending News